तपाईलाई हाम्रो Blogger मा स्वागत छ। तपाई यहाँ धेरै रमाइला Nepali Jokes 2023,Funny Jokes,चुट्किला,शायरी,कथा,कविता आदि हेर्न पाउनु हुन्छ।त साथीहरु नयाँ नयाँ रमाइला जोक्स हेर्नको लागि हामीलाई सपोर्ट गर्नु होला। र कमेन्ट मा सल्लाह सुझाब दिना नबिर्सनु होला।धन्यवाद!
बिरामी घोडा
शेरेको घोडा बिरामी भएछ । उसले घोडाको उपचार गर्न डाक्टरलाई
बोलाएछ । डाक्टरले घोडालाई राम्रो सँग जाचेर भनेछ - तपाईंको
घोडालाई खतरनाक रोग लागेको छ । ३ दिनसम्म दवाइ दिन्छु । यदि
सन्चो भए त ठिकै छ तर सन्चो भएन भने यसलाई मार्नु पर्छ नत्र यो रोगअरू पशुलाई पनि सर्न सक्छ ।"यो कुरा नजिकै रहेको खसिले सुनिरहेको थियो ।भोलिपल्ट डाक्टर आएर दवाइ ख्वाएछ र गएछ । डाक्टर गए पछि
खसिले घोडालाई भनेछ: "उठ यार हिम्मत गर, नत्र यिनीहरूले तिमीलाई मरिदिन्छन ।"
दोस्रो दिन पनि डाक्टर आएछ र दवाइ दिएर गएछ ।
अनि खसिले घोडालाई भनेछ: "साथी तिमी उठ्नै पर्छ, म तिम्लाई
उठाउन मद्दत गर्छु, उठ ।
तैपनि घोडा उठेन ।
तेस्रो दिन डाक्टर आएछ र भनेछ : मलाई माफ गर्नुहोस मैले
यसलाई निको पर्न सकिनँ । यस्मा केहि सुधार देखिएन । अब यस्लाई
मार्नु पर्छ ।"
यति भनेर डाक्टर घोडा मार्ने सुइ लिन गएछ । शेरे चाहिँ घोडा गाड्
नको लागी खाल्डो खन्न थालेछ ।
अनि खसिले घोडालाई भनेछ: साथी अब तिम्लाई गर या मरको
स्थिति आयो । यदि तिमी अहिले नि उठेनौ भने एकछिन पछि तिमीलाई यिनीहरूले मार्छन ।
त्यसैले हिम्मत गर । (घोडा उठ्न लागेछ) हो राम्रो अझै हिम्मत गर ।
हो उठी हाल्यौ नि अब दौडिएर देखाउ त ।"
घोडा दौडिन थालेछ । आवाज सुनेर शेरे आगनमा हेर्न आएछ ।
आगनमा घोडा दौडी रहेको थियो ।
शेरे खुसिले उर्फन थलेछ । सारा गाउँलेलाई जम्मा गरेछ र खुसीले
कराउन थालेछ । "आज चमत्कार भयो । मेरो घोडा निको भयो । म ज्यादै खुशी छु । यही उपलक्ष्यमा म आज तपाईंहरूलाई यो खसी काटेर भोज खुवाउछु ।" खशी ठाउँको ठाउँ बेहोस् ।
😆😅😂😃😜😝😛🤪
New Nepali Jokes 2023
जंगलको राजा
एकदिन जंगलको राजा सिह पार्टीमा गएछ अनि त्यहा बिदेशी रक्सि
पिएर पुरै झ्याप तालमा घर फर्कदै थियो तेत्तिकैमा बाटोमा उसले बाघ
भेटेछ र त्यस बाघलाइ बोलाउदै-
सिह : ओई साले बाघ यता आइजो
बाघ : डराउदै आयो- हजुर महाराज ?
सिह : मलाई चिनिस ?
बाघ : हजुर यस जंगलको राजा हजुर ।
सिह : ल ठीक छ जा बचीस्...
सिह : ओई स्याल यता आइजो ।
स्याल : डराउदै आयो, हजुर महाराज ?
सिह : मलाई चिनिस ?
स्याल : हजुर यस जंगलको राजा हजुर ।
सिह : ल ठीक छ जा बचीस् ।
सिहः ओई साले भालु यता आइजो
भालु : डराउदै आयो, हजुर महाराज ?
सिह : मलाई चिनिस ?
भालु : हजुर यस जंगलको राजा हजुर ।
सिह : ल ठीक छ जा त पनि बचीस् ।
अलि टाडा पुगे पछि खोलामा एउटा हात्ती नुहाई रहेको थियो र
हात्तीको नजिक पुगेपछि सिंहले सोधेछ-
सिंह : ओई सुडे म को चिनिस ? (हात्ती बोल्दैन)
सिंह : ओई खाते म को चिनिस?? (हात्ती बोल्दैन)
सिह : ओई राडाको बान म को चिनिस ???
(हात्तीलाई रिस उठ्छ अनि आफ्नो सुडले सिंहलाई बेरी बाटोमा फ्याक
दिन्छ सिंह धुलाम्मै हुन्छ अनि धुलो टकटकाउँदै भन्छ-
सिह : था छैन भने था छैन भन्न हातै हाल्नु पर्छ ।
🤪😛😝😜😃😂
Nepali Funny Jokes|नेपाली चुट्किला
एकपटक खप्परध्वज जंगलको बाटो भएर सहर जाँदै थियो । बीच
बाटोमा पुगेपछि उसको गाडी अघिल्तिर एक्कासि एउटा बन्दुकसहितको
मानिस आएर गाडी रोक्ने आदेश दियो ।
बन्दुके : हेन्ड्स अप, महिलामाथि हातपात गरेको छस् कि छैनस् ?
खप्परध्वज : छैन हजुर ।
बन्दुके : गिद्धे दृष्टि लगाएको छस् कि छैनस् ?
खप्परध्वज : छैन हजुर ।
बन्दुके : मौका पर्दा चौका हानेको छस् कि छैनस् ?
खप्परध्वज : छैन हजुर, म प्राकृतिक रूपमै नपुंसक हुँ ।
बन्दुके : केटी एक्लै-दुक्लै भेट्दा पुंसक हुन्छस् कि ?
खप्परध्वजः हुन्न हजुर हुन्न । टेस्ट गरी हेर्नुस्, नभए गोली ठोके
हुन्छ ।
बन्दुकेः त्यसोभए मेरी प्रेमिकालाई पर सहरसम्म लिफ्ट देऊ न यार ।
😆😅😂😃😜😝😛🤪
Nepali Funny Jokes
विदेशमा भएको युवक उसकी प्रेमिकाले छोडपत्र पठाएको र भएको
तस्विर फिर्ता गर्न चिठी लेखेकोमा दुःखी र निराश थियो, तर केटा पनि
के कम, उसले आफूसँग भएका सबै तस्वीर जम्मा गयो र लेख्यो : प्रिय,
मैले तिमी कुनचाहिँ हो भनेर चिन्न सकिनँ, त्यसैले कृपया तिम्रो तस्वीर
राख र अरूचाहिँ फिर्ता गरिदेऊ ।
🤪😛😝😜😃😅😆
New Nepali Jokes 2023
एउटा मानिस सडकमा बेहोस भयो मानिसहरू भेला भए छारे रोग
लागेको होला जुत्ता सुघाऔ एउटाले भन्यो । यत्तिकैमा एउटा अधवैशे महिला
आइन र भनिन्- यसलाई त रक्सी खुवाउनुपर्छ ।
यसको मुखमा पानी छ्याप अर्काले भन्यो । फेरि ती अधबैशे महिला
भनिन्- हैन हैन नै रक्सी खुवाउनुपर्छ ।
डाक्टर बोलाउ न तेस्रोले भन्यो । अधबैशे महिला पुनः बोलिन अन्य
मानिस पानी, डक्टर, एम्बुलेन्स भन्न थाले त्यत्तिकैमा बेहोस ब्यक्ति जुरूक्क
उठ्यो र भन्यो तपाइहरू धेरै बोल्ने प्रयास नगर्नुहोस । बिचरी आमाको कुरा
त सुन्नुहोस् ।
😆😅😃😜😝😛🤪😂
Nepali Jokes 2023
मध्यरातमा एउटा ट्याक्सीलाई अँध्यारोमा कुनै यात्रीले रोक्ने इसारा
गयो । जब ट्याक्सी रोकियो ड्राइभर यो देखेर छक्क पर्यो । ति युवती
पुरै नग्न थिईन् । युवती केही शब्द पनी नबोलिकन ट्याक्सीमा बसीन र
ट्याक्सी ड्राइभरले युवतीलाई एक तमासले हेऱ्यो ।
युवती के भयो कहिल्यै जीवनमा नग्न युवती देखेका छैनौ ? ड्राईभरले
भन्यो- देखेको छु ।
युवती किन ट्वाल्ल परेर हेरेको त ड्राईभर- म सोच्दैछु ट्याक्सी भाडा
कहाँबाट निस्कन्छ ।
😂🤪😅😆😀😃
New Nepali Jokes 2023|Nepali Funny Jokes|नेपाली चुट्किला